सञ्चारकर्मी सुनिल कोइरालाको तीज कोसेली ‘पिया राजै’ « प्रशासन
Logo ११ आश्विन २०८०, बिहिबार
   

सञ्चारकर्मी सुनिल कोइरालाको तीज कोसेली ‘पिया राजै’


११ श्रावण २०७८, सोमबार

काठमाडौँ । नेपालीहरूको विभिन्न चाडपर्वमा साङ्गीतिक कोसेली पस्कँदै आएका सञ्चारकर्मी सुनिल कोइरालाले यस वर्षको तीजलाई लक्षित गरी ‘पीया राजै’ तीज गीत बजारमा ल्याएका छन् ।

‘पिया राजै’ गीतले जन्मघर तथा माईती घरको सम्झना र मायालाई गीतका पङ्क्तिद्वारा नारी मनोभाव व्यक्त गर्न खोजेको देखिन्छ । श्रीमान् र श्रीमतीको माया र विश्वासलाई पनि शब्दले कुशल ढङ्गले उनेको छ । गीतकार कोइरालाले विभिन्न विम्बहरूको प्रयोग गरी जीवनलाई सुन्दर र रमाइलो गरी कसरी जिउन सकिन्छ भन्ने सन्देश प्रस्तुत गरेका छन् ।

सुनिल भन्छन्,‘वास्तविक विम्बहरूको प्रयोग भएको यो गीत नारी, पुरुष सबैमा सकारात्मक चेतना फैलाउने उद्देश्यले सृजना गरिएको हो ।’ उत्तेजक, भड्किलो, निराशावादी र गाली गलौच मात्र होइन गीतले समग्रताको आनन्द पनि बोल्नुपर्दछ भन्ने मान्यताको जगमा यो गीत रचना गरेको उनी बताउँछन् ।

यस गीतमा कम्पोजरएरेन्जरमिक्सिङ्ग गरेका विपिन आचार्य भन्छन्,‘सकेसम्म गीतलाई नाँचु नाँचु लाग्ने खालको बनाएको छु, हेरौँ प्रतिक्रिया कस्तो आउँछ ।’

‘पिया राजै’ गीतमा गङ्गा लामिछानेको स्वर रहेको छ भने यस गीतका निर्माता प्रधुम्न भट्टराई हुन । गीतको भिडियो निर्देशनरकोरियोग्राफी प्रविन थापाले गरेका छन् भने रबिना भण्डारी, राजाराम सिम्खडाको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस