टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको अभियोगमा एक जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो बनाएको अभियोगमा एक जना पक्राउ


१० श्रावण २०७८, आइतबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताए ।

‘सम्माननीयज्यूको आपत्तिजनक भिडियो बनाउनेको खोजी गरिरहेका थियौँ, झापामा लोकेसन देखिएपछि पक्राउ गरेर पठाउन भनेका थियौँ’ उनले भने, ‘त्यही आधारमा काठमाडौँ ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरेका छौँ ।’

घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा छानबिन हुने प्रहरीको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस