सरकारलाई सुझाव दिन गठित कार्यदलको बैठक बालुवाटारमा बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारलाई सुझाव दिन गठित कार्यदलको बैठक बालुवाटारमा बस्दै


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनका लागि सुझाव दिन गठित कार्यदलको बैठक बस्दै छ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्न लागेको हो ।

कार्यदल बैठकले सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमाथि सुझाव दिनेछ । न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ । कोभिडको सम्भावित तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तयारीका सन्दर्भमा पनि सुझाव दिने छ । ठुला आयोजनाको काम ढिलो हुनुका कारण र आयोजना सम्पन्न गर्न सरकारको पहलकदमीका लागि आवश्यक सुझाव दिने बताइएको छ।

कार्यदलमा पूर्णबहादुर खड्का, रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस