२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु

अ+ अ-

काठमाडौँ। अफगानिस्तानका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लगाइएको छ । तालीवान् आक्रमण नियन्त्रणका लागि देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएको अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

तालिबान समूहले मे महिनाको सुरुदेखि नै अफगानिस्तानको मुख्य सीमा नाका पार गर्ने दर्जनौँ जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ।

अफगानिस्तानको आन्तरिक मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु लागू गरिएको छ ।’

स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका कर्फ्यु लगाइएको आन्तरिक मन्त्रालयले जनाएको छ । अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाएपछि तालिबानले अफगानिस्तानका झण्डै ४०० जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको दाबी छ ।

अमेरिकी सेना फिर्ता तयारीसँगै तालीवान् समूहले देशभर आफ्ना हिंसात्मक गतिविधि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस