विप्लव र बादलबिच भेट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विप्लव र बादलबिच भेट


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व गृहमन्त्री राम बहादुर थापा बादलसँग भेट गरेका छन् ।

विप्लव र नेता खड्गबहादुर विश्वकर्मा बादललाई भेट्न शनिवार उनको निवासमा पुगेका थिए ।

पछिल्ला केही दिन यता विप्लवले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट तीव्र पारेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा। बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस