प्रदेश १ लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश १ लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा विज्ञापन भएका बाँकी पद र नयाँ आर्थिक वर्ष २०७८/७९ मा गरिने नयाँ विज्ञापनका पदपूर्ति कार्यतालिका सार्वजनिक गरेको हो ।

सोही तालिका अनुसार स्थानीय सरकारी सेवामा रिक्त रहेका पदहरूमा आन्तरिक, बढुवा र खुला प्रतिस्पर्धामार्फत कर्मचारी पदपूर्ति गरिने छ ।

कोभिड–१९ महामारीका कारण स्थिति सामान्य हुन नसकेको अवस्थामा कार्यतालिकामा उल्लिखित समयावधि पुनरावलोकन गरिने भनिएको छ ।

साथै प्रदेश तथा स्थानीय सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा तत्सम्बन्धी कामकारबाही कार्यतालिकाबमोजिम नहुने पनि आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस