ग्लोबल आइएमई बैङ्क : वार्षिक तलबी बिदा लिने कर्मचारीले सात दिन अनिवार्य आन्तरिक भ्रमण गर्नुपर्ने « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

ग्लोबल आइएमई बैङ्क : वार्षिक तलबी बिदा लिने कर्मचारीले सात दिन अनिवार्य आन्तरिक भ्रमण गर्नुपर्ने


प्रशासन संवाददाता

९ श्रावण २०७८, शनिबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क लिमिटेडमा कार्यरत कर्मचारीहरूले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था बैङ्कले गरेको छ । कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरूको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैङ्कले यो योजना ल्याएको हो ।

कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको छ । यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरूले अनिवार्यरुपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो ।

बैङ्कमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैङ्कले बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बैङ्कले २३ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यसैगरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस