२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रको यर्थाथ तस्बिर सार्वजनिक गर्छौ: अर्थमन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा छिट्टै यथार्थ तस्बिर सार्वजनिक गर्ने बताए । उनले भने, ‘त्यसलाई श्वेतपत्र पनि भन्न सकिन्छ, तर खासमा त्यो यथार्थपत्र नै हो । हामीले त्यसबारे आवश्यक छलफल गरिरहेका छौँ ।’ उनले कोरोनाका कारण अर्थतन्त्र समस्यामा परेकार त्यसलाई क्रमशः सुधार गरेर लैजानु आजको प्रमुख आवश्यकता रहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग अर्थ मन्त्रालयमा आज आयोजना गरेको छलफलमा मन्त्री शर्माले मुलुकका सामु रहेका विद्यमान समस्या समाधान गर्नेगरी सरकार अग्रसर रहेको जानकारी दिए ।

मन्त्री शर्माले संसद्मा पेश भएको बजेट अध्यादेशको टुङ्गो लागेपछि थप कसरी अगाडि बढ्ने भन्नेबारे निष्कर्षमा पुग्ने जानकारी दिए । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । उक्त अध्यादेश पुनः स्थापित सङ्घीय संसद्मा पेश भइसकेको छ ।

यतिबेला मुलुकको प्रमुख प्राथमिकता कोरोनाविरुद्धको खोपसँगै व्यापार व्यवसायको अभिवृद्धि भएको बताउँदै मन्त्री शर्माले सबैको साथ र सहयोगबाट मात्रै आर्थिक गतिविधिलाई बढावा दिन सकिने स्पष्ट पारे ।

मन्त्री शर्माले पूँजीगत खर्च हुन नसक्नुका पछाडि विभिन्न कारण रहे पनि सार्वजनिक खरिदमा रहेको समस्या, ठेक्का प्रणालीमा रहेको जटिलता, निर्माण व्यवसायीको इमान्दार प्रयत्नको अभाव तथा सबै स्थानमा प्रक्रिया मात्रै पु¥याउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको बताए ।

कोरोनाका कारण समस्यामा परेको साना तथा मझौला व्यवसायी, पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले स्पष्ट कार्ययोजनाका साथ काम गर्ने र उनीहरूलाई पूर्ववत् अवस्थामा नै फर्काउन सकिने उल्लेख गरे ।

अर्थ मन्त्रालय पूर्ण पारदर्शी रहने भन्दै उनले आफ्नो कार्यकाललाई बढीभन्दा बढी जनमुखी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे । उनले मुलुकका सामु रहेका चुनौतीलाई चिरेर सरकारले आमजनताको अपेक्षालाई सकेसम्म सम्बोधन गर्ने र सुशासन दिनेसमेत स्पष्ट पारे । सो अवसरमा सेजनका पूर्वअध्यक्षहरु गोपाल तिवारी, प्रदीप चापागाइँ, गोकर्ण अवस्थी तथा वर्तमान अध्यक्ष भीम गौतमले अर्थमन्त्रालय र अर्थतन्त्रको सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस