३ जना सचिवले साउनभित्रै अवकाश पाउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३ जना सचिवले साउनभित्रै अवकाश पाउँदै


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । साउन महिनाभित्रै नेपाल सरकारका विशिष्ट श्रेणी (सचिव) का ३ जना कर्मचारीले अनिवार्य अवकाश पाउँदैछन् ।

राष्ट्रिय किताबखाना (निजामती) ले मंगलबार आर्थिक वर्ष २०७८/७९ मा अवकाश हुने कर्मचारीको अनुमानित सूची सार्वजनिक गरेको छ । जसमा एक वर्षभित्र सचिवस्तरका १३ निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने उल्लेख गरिएको छ भने, साउनमै ३ सचिवले अवकाश पाउने उल्लेख गरिएको छ ।

निजामती किताबखानाका अनुसार सूचना तथा सञ्‍चार प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैछन् । अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीले साउन २४, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्यालले साउन २६ गते अवकाश पाउँदैछन् ।

नेपाल ट्रस्टको कार्यालयका सचिव राजेन्द्र खनालले असोज ९ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव केदार न्‍यौपानेले असोज १२ गते अनिवार्य अवकाश पाउँदैछन् । विशिष्ट श्रेणीका कर्मचारी उपमहालेखा नियन्त्रक बाबुराम गौतम र ईश्वर नेपाल २०७८ कात्तिक ५ गते अवकाश पाउँदैछन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्माले पुस १४ गते, उच्च अदालत पाटनका सचिव राजनप्रसाद भट्टराईले माघ ६ गते र अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले माघ २० गते अनिवार्य अवकाश पाउँदैछन् ।

ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस