एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने छ ।

सोमबारदेखि सुरु भएको दशौँ केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनको तयारीका लागि समितिहरू घोषणा हुने सम्भावना रहेको बताइएको छ ।

सोमबार बसेको बैठकमा पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमालेका सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आज उक्त स्पष्टीकरणबारे पनि निर्णय हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस