अफगानिस्तानले पाकिस्तानबाट फिर्ता बोलायो राजदूत र सबै कूटनीतिक कर्मचारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अफगानिस्तानले पाकिस्तानबाट फिर्ता बोलायो राजदूत र सबै कूटनीतिक कर्मचारी


एजेन्सी

४ श्रावण २०७८, सोमबार


काठमाडौँ । अफगानिस्तानले पाकिस्तानबाट आफ्ना सबै कूटनीतिक कर्मचारी फिर्ता बोलाएको जानकारी दिएको छ । आइतबार अफगानिस्तानको विदेश मन्त्रालयले पाकिस्तानको राजधानी इस्लामावादमा रहेका राजदूत र आफ्ना कूटनीतिज्ञहरु फिर्ता बोलाएको घोषणा गरेको हो ।

पाकिस्तानका लागि अफगानी राजदूत जाजिबुल्लाह अलिखिलकी छोरी सिलसिला अलिखिलको पाकिस्तानमा अज्ञात व्यक्तिले अपहरण गरेपछि सुरक्षा नभएको भन्दै सबै कूटनीतिज्ञ र राजदूतलाई फिर्ता बोलाउने घोषणा गरेको अफगानी विदेश मन्त्रालयले जानकारी दिएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानका राजदूतकी छोरीलाई पाकिस्तानमा अपहरण गरेपछि इस्लामिक रिपब्लिक अफ अफगानिस्तानको नेतृत्वले अपहरणकारीको पक्राउ र मुद्दालगायत सम्पूर्ण सुरक्षा खतराहरू सम्बोधन नभएसम्म अफगानिस्तानका राजदूत र पाकिस्तानबाट वरिष्ठ कूटनीतिज्ञहरूलाई फिर्ता बोलायो।’

मन्त्रालयका अनुसार पाकिस्तानी सहरबाट घरतर्फ फर्कँदै गर्दा सिलसिला अपहरणमा परेकी थिइन् । केही घण्टापछि उनलाई रिहा गरेर छाडिएको थियो भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस