नेपाली सेनाकाे चार कमाण्डको संरचना कार्यान्वयन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाली सेनाकाे चार कमाण्डको संरचना कार्यान्वयन


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली सेनाले आठ पृतनाको संरचना खारेज गरी चार कमाण्डको संरचना कार्यान्वयनमा ल्याएको छ ।

गत फागनु २० गतेको मन्त्रिपरिषद्को बैठकले पूर्वी, मध्य, पश्चिम र उपत्यका कमाण्डको संरचनालाई स्वीकृत गरेको थियो ।

शुक्रबार (आज) सैनिक मुख्यालय जंगीअड्डामा आयोजित कार्यक्रममा चारै कमाण्डका सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गरिएको छ ।

यसअघि सात प्रदेश र संघीय राजधानी काठमाडौँमा गरी सेनाका आठवटा पृतना थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस