काँग्रेसको क्रियाशील छानबिन समितिका सदस्यमाथि कुटपिट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेसको क्रियाशील छानबिन समितिका सदस्यमाथि कुटपिट


१ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट गरिएको छ ।

सिन्धुपाल्चोकको क्रियाशील सदस्यतालाई लिएर घिमिरेमाथि कुटपिट गरिएको हो । ‘राप्रपाबाट आएका भनेर १२०० जनालाई क्रियाशील दिइएको छ । तर यसबारे उजुरी आएपछि समितिले मान्यता दिन सकेन,’ उनले भने ।

१३औं महाधिवेशनको क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारी रहेको छ । यसलाई लिएर केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर धम्की दिएको थिए ।

दिउँसो यसबारे छलफल गर्नुछ भन्ने केही मानिसहरु आएको र त्यही क्रममा कुटपिट गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस