कर्मचारीमाथि कुटपिट, संलग्नलाई कारबाही गर्न सरकारसँग माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीमाथि कुटपिट, संलग्नलाई कारबाही गर्न सरकारसँग माग


३१ असार २०७८, बिहिबार


काठमाडौँ । धादिङको रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजकमाथि कुटपिट भएको छ । खनियाँबास गाउँपालिका–२ घर भई रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजक राजबहादुर तामाङमाथि यही असार २९ गते कार्यालय समयमा कुटपिट भएको हो ।

कार्यालय समयमा काम गर्दै गर्दा स्थानीय राकेश तामाङ उर्फ च्याङ्वा तामाङ तथा वोला तामाङ भनिने बेमतलबी व्यक्तिले स्वास्थ्य संयोजकमाथि कुटपिट गरी कर्मचारीलाई डर त्रास र धम्की देखाएको गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

कोरोना महामारीको अवस्थामा सङ्क्रमणको भयका कारण सीमित कर्मचारीद्वारा कार्यालय सञ्चालन गरेको अवस्थामा कर्मचारीहरूलाई डर त्रास देखाइ प्रभाव पार्ने मनसायले कर्मचारीमाथि कुटपिट गरेको हुँदा कुटपिटमा संलग्नलाई कारबाही गर्न गाउँपालिकामा कार्यरत कर्मचारीहरूले सरकारसँग माग गरेका छन् ।

कर्मचारीमाथि भइरहेका यस्ता घटनाले स्थानीय स्तरमा काम गर्ने वातावरण नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले स्थानीय प्रशासनलाई यस्ता घटना नदोहोरिने प्रतिबद्धता गर्न ध्यानाकर्षण गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस