एआईजीहरुको सरुवा गृह मन्त्रालयले रोक्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एआईजीहरुको सरुवा गृह मन्त्रालयले रोक्यो


३० असार २०७८, बुधबार


काठमाडौँ । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार २४ गते बसेको बैठकले एआईजीहरुको सरुवा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस