गैँडाको आक्रमणबाट महिला घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गैँडाको आक्रमणबाट महिला घाइते


३० असार २०७८, बुधबार


चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस