कर्मचारी पदपूर्तिका लागि वैकल्पिक सूचीका उम्मेदवार सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारी पदपूर्तिका लागि वैकल्पिक सूचीका उम्मेदवार सिफारिस


३० असार २०७८, बुधबार


काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडको वैकल्पिक सूचीमा परेका पाँच जानलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । पदपूर्ति समितिले खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजाबाट वैकल्पिक सूचीमा परेका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

भैरहवा परीक्षा केन्द्रबाट लिइएको चौथो तहको परीक्षामा खुला प्रतियोगिताबाट छनोट भई अन्तिम नतिजाबाट सिफारिस भएकामध्ये ९ जनाले नियुक्ति पत्र लिन नआएका कारण पद रिक्त भएकाले उक्त रिक्त पदमा पद पूर्तिका लागि वैकल्पिक योग्यता क्रमको सूचीमा रहेका उम्मेदवारहरुलाइ योग्यता क्रमको प्राथमिकताको आधारमा नियुक्तिका लागि सिफारिस गरिएको हो ।

नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूले चारप्रति फोटो र निरोगिताको प्रमाणपत्रसहित साउन ६ गते बैङ्कको जनशक्ति व्यवस्थापन विभागको मुख्य कार्यालयमा जान बैकले सूचनामार्फत जानकारी दिएको छ ।

सिफारिस नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस