शीतल निवासको शपथदेखि सिंहदरवारमा पदभारसम्म देउवा(फोटो फिचर) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शीतल निवासको शपथदेखि सिंहदरवारमा पदभारसम्म देउवा(फोटो फिचर)


३० असार २०७८, बुधबार


काठमाडौँ । पाँचौँ पटक देशको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मङ्गलवार राती सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेका छन् ।

विक्रम सम्मत २००३ जेठ ३१ गते डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका देउवा नेपाली राजनीतिका चर्चित पात्र हुन् ।

२०२२ सालमा राजनीतिमा सक्रिय उनी २०२७ मा नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य बने भने त्यसको एक वर्ष पछि अर्थात् २०२८ मा केन्द्रीय अध्यक्ष भए । २०४८ सालमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बनेका देउवा ०४८ मा सांसद निर्वाचित भई सोही वर्ष गृहमन्त्री बने ।

२०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री बनेका उनी २०५८ साउनमा दोस्रो पटक मुलुकको प्रधानमन्त्री बने । पार्टी फुटेपछि २०५९ मा नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति बनेका देउवा २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री भए । यसै गरी २०६४ मा डडेलधुरा र कञ्चनपुरबाट संविधान सभा सदस्य निर्वाचित उनी २०७२ सालमा नेपाली काँग्रेसको सभापति बने । २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री भएका देउवा हिजो(मङ्गलवार) नेपालको संविधानको धारा ७६(५) अनुसार पाँचौँ पटक प्रधानमन्त्रीका रूपमा सिंहदरवार प्रवेश गरे ।

६ दशकको सक्रिय राजनीतिक जीवनमा करिब ११ वर्ष जेल जीवन बिताएका देउवाले ३० कात्तिक २०७४ मा भनेका थिए ‘ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छु भन्या छ मलाई’

 

Tags :
प्रतिक्रिया दिनुहोस