देउवाद्वारा पाँचौँ पटक प्रधानमन्त्रीको पदभार ग्रहण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देउवाद्वारा पाँचौँ पटक प्रधानमन्त्रीको पदभार ग्रहण


३० असार २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिए लगत्तै देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेर पदभार ग्रहण गरेका हुन्।

देउवालाई मुख्यसचिव शंकरदास वैरागीलगायत सचिवहरूले सिंहदरवारमा स्वागत गरेका थिए।

२०४८ सालमा गृहमन्त्री भएका देउवा २०५२ भदौ २६ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ साउन ७ गते दोस्रो पटक, २०६१ जेठ २१ गते तेस्रो पटक प्रधानमन्त्री भएका देउवा २०७४ जेठ २३ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।

१४९ जना सांसदको समर्थनसहित गरिएको दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेपछि सर्वोच्च पुगेका देउवाले २०७८ असार २९ गते आज सर्वोच्च अदालतको आदेशअनुसार धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस