महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा


२९ असार २०७८, मंगलबार


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । बडालको आजै महान्यायाधिवक्ता कार्यालयमा बिदाइ कार्यक्रम राखिएको छ ।

बडालले नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै आफूले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् । उनले सरकारको कानूनी सल्लाहकारका रुपमा गत चैत ८ गते नियुक्त भई तीन महिना २१ दिन काम गरे ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी नयाँ प्रधानमन्त्री नियुक्तिको परमादेश दिएपछि आफूले राजीनामा गरेको बडालले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस