२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

अ+ अ-

कलैया । बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र बाराले जनाएको छ ।

कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिकटनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले बताए ।

गत वर्ष विभिन्न जातका चैते धान १२ हजार ११५ हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर ४ दशमलव ४ मेट्रिकटनले ५३ हजार ३०६ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष भने उत्पादनमा बढोत्तरी भएको छ ।

हरियो तरकारी महँगो

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण तरकारी खेतीमा क्षति भएपछि कलैया बजारलगायत जिल्लाभरि नै हरियो तरकारीको मूल्य महँगो भएको छ । कलैया बजारमा हाल हरियो तरकारी झिगुनी प्रतिकिलो रु १००, बोडी रु १००, रामतोरी रु ७०, करेला रु ६०, घिउरा रु ६० र परवल रु ८० प्रतिकिलो बिक्री वितरण भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

हरियो तरकारी १५ दिन पहिला कलैया बजारमा झिगुनी रु ६०, बोडी रु ६०, रामतोरी रु ३०, करेला रु ३५, घिउरा रु २५ र परवल रु ६० प्रतिकिलो बिक्री भइरहेको थियो ज्ञानकेन्द्रका प्राविधिक सहायक गेनालाल मण्डलले भने ।

गत वर्ष कृषकले वर्ष झिगुनी, रामतोरी, घिउरा, करेला, आदि गरी पाँच हजार ४५० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरेकामा वर्षाका कारण खेतमा नै गलेर उत्पादनमा निकै गिरावट भएको ज्ञानकेन्द्रका प्रमुख यादवले जानकारी दिए ।