२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक उत्थानका लागि सिर्जनाबाट योगदान गर्न प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सिर्जनाले सामाजिक उत्थानका लागि योगदान गर्न सर्जकलाई आह्वान गरेका छन् ।

नेपाल सरकारका तर्फबाट विभिन्न विधाका सर्जकहरूलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले रचना गर्दा हाम्रो कृति पढ्नेको समय बर्बाद नहोस् । यस्तै कृति पढ्न पाएपो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।’

कलाका जुनसकै विधाले पनि नेपालीको एकतामा नविनता र शान्तिको भावना प्रतिविम्बित हुनुपर्ने उनले बताए । उनले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण(रेनासाँ) आवश्यक रहेको धारणा पनि उनको थियो । ‘हाम्रा पुर्खा विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवन यापनमै अलमलिएछौँ, पुस्तौँ गएछ’, उनले भने ।

नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडी परेको भनाइ पनि उनको थियो । ‘पछाडी पर्न हुँदैनथ्यो परेछौँ । गरीब हुन मानेछौँ, अनपढ हुन मानेछौँ’, उनले भने । उनले नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको बताए। ‘गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो’, उनले थपे ।

शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उनले भने, “राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उनको भनाइ थियो । साथै महाभारतको लडाइँ कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांख्य दर्शनसम्मको इतिहासले नेपाल ज्ञानभूमि भएको पुष्टीगर्ने भनाइ उनको थियो ।

वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुनेसमेत उनले बताए । दोहोरी गीतको रूपमा अहिले पनि छन्द निर्माणको प्रतिभा नेपालीले बोकीरहेको विचार उनको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उनले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइनजस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताए । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय कुप्रथा समेत चल्दै आएको समेत बताए तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने समेत उनले बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले युग कवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । श्रष्टाहरूलाई अन्य कुनै आधारमा नभई उनीहरूको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस