२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेसको ५३ जिल्लाको सदस्यता विवाद टुङ्गियो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको ५३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुङ्गो लागेको छ ।

काँग्रेसको आगामी भदौ १६ देखि १९ सम्म हुने १४ औँ केन्द्रीय महाधिवेशनका लागि प्रारम्भिक मतदाताका रुपमा रहेको क्रियाशिल सदस्यता ती जिल्लाको ९० निर्वाचन क्षेत्रको टुङ्गो लागेको हो । ७७ जिल्लाको १६५ निर्वाचन क्षेत्रबाट आठ लाख ५० हजार क्रियाशिल सदस्यताको नामावली दर्ता भइसकेको पार्टीले जनाएको छ । पार्टीद्वारा गठित क्रियाशिल सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउने तीब्र गतिमा काम गरिरहेको छ ।

समितिका प्रवक्ता एवम् पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशिल सदस्यता विवाद रहेका देशभरका ५०० वडामध्ये ३०० वडाको विवाद टुङ्गो लागेको जानकारी दिए। पार्टीको क्रियाशिल सदस्यता छानविन समितिले द्रुत गतिमा काम गरिरहेकाले यही असार मसान्तभित्र सबै क्रियाशिल सदस्यता विवाद टुङ्गो लगाइने समितिका प्रवक्ता पौडेलले बताए।

काँग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानविन समिति गठन गरेको थियो । काँग्रेसको १४ औँ महाधिवेशनका लागि अगामी साउन १२ मा वडा समितिको अधिवेशन, साउन १६ मा गाउँ नगर समितिको अधिवेशन, साउन २० मा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, साउन २३ मा प्रतिनिधीसभा क्षेत्रीय अधिवेशन, साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र हुने जिल्लाको अधिवेशनको मिति तय गरिएको छ । यसैगरी आगामी भदौ १ र २ गते प्रदेश समितिको अधिवेशन र भदौ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस