दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमाद्धारा प्रहरी समक्ष आत्मसमर्पण


२४ असार २०७८, बिहिबार


कान्डला । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । अदालतको मानहानी गरेको अभियोगमा उनीलाई अदालतले १५ महिने जेल सजाय तोकेको छ । प्रहरीले पक्राउ गर्न लागेको भन्दै खवर पाएपछि उनले आत्मसमर्पण गरेको जनाइएको छ ।

स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनी निकटका अधिकारीहरुले जानकारी दिएका छन । उनलाई समय तोकेर आत्मसमर्पण गर्न निर्देशन दिएकोमा समयावधि सकिनै लाग्दा मात्रै उनले आत्मसमर्पण गरेका हुन् ।

सन् २०१८ मा आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेका ७९ बर्षिय जुमाका अझै पनि हजारौँ समर्थक रहेका छन् । उनी आफै आत्मसमर्पणका लागि गएको विषयलाइ उनका समर्थकहरुले इमान्दारितापुर्वक अदालतको आदेश पालना गरेको रुपमा व्याख्या गरेका छन ।

उनकी छोरीले पनि अदालतको आदेश पालनाका लागि आफ्ना पिता जादै गरेको र उनको मनोवल उच्च रहेको सामाजिक सञ्जालमा लेखेकी छन् । उनलाई आफ्नो नौ वर्षे कार्यकालमा भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न केही समय अगाडि दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको हो ।

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक भएको जानकारहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस