सशस्त्र प्रहरी बलमा एसपीका लागि बढुवा प्रक्रिया सुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरी बलमा एसपीका लागि बढुवा प्रक्रिया सुरु


२३ असार २०७८, बुधबार


काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालमा सशस्त्र प्रहरी उपरीक्षक(एसपी)को बढुवा प्रक्रिया सुरु भएको छ।

साधारण उपसमूह र लेखा उपसमूहमा रिक्त पदमा सशस्त्र प्रहरी बल मुख्यालयले एसपी बढुवाको लागि सूचना प्रकाशित गरेको हो ।

रिक्त दरबन्दीमा पाँच दिनभित्र आवेदन दिन बढुवा समितिका सदस्य सचिव समेत रहेका सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजु अर्यालले जनाएका छन् । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ९ को उपनियम १ क बमोजिम मूल्याङ्कन फारम भरेर पाँच दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा पेस गर्न सूचनामा भनिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस