आज राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज राष्ट्रियसभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस हुने


२३ असार २०७८, बुधबार


काठमाडौँ। राष्ट्रिय सभाको आठौँ अधिवेशनको आज चौथो बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा लोक सेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदनलगायतका अन्य प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७, विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा यही असार १७ गतेदेखि राष्ट्रियसभाको आठौँ अधिवेशन जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस