२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणमा लागेका छौँ : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन् ।

मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उनले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए । मुख्यमन्त्री पौडेलले विरोधीले जतिनै विरोध गरे पनि सरकार विकास यात्रामा अविराम अगाडि बढ्ने बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेशको हरेक क्षेत्रको विकास गरेको दाबी गर्दै मकवानपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर स्वास्थ्यको क्षेत्रमा ऐतिहासिक काम गरिएको उल्लेख गरे । जिल्लामा अन्तर्राष्ट्रिय रङ्गशाला, बहुप्रविधिक विद्यालय, विशाल कृषि थोक बजार, पाउडर दूध उद्योग, पशु आहारा उद्योगजस्ता दूरगामी प्रभाव पार्ने योजना सञ्चालनमा ल्याएको उनले बताए । यस अवधिमा हेटौँडा अस्पताल सुविधा सम्पन्न हुँदै ५० बाट ३०० श्ययामा परिणत भएको र केही समयभित्रै ५०० श्ययाको अस्पतालको रुपमा सञ्चालन हुने जानकारी दिए ।

चिकित्सा क्षेत्रमा भविष्य बनाउन चाहने जिल्लाका विद्यार्थीले जिल्लाभित्रै अध्ययन गर्ने व्यवस्था गरिएको पौडेलले बताए। मुख्यमन्त्री पौडेलले खेलकूद, स्वास्थ्य र शिक्षाको क्षेत्रमा परिवर्तनकारी योजना कार्यान्वयनका क्रममा रहेको जानकारी दिए । बागमती प्रदेशलाई सडक सञ्जालले जोड्ने र सडक पक्की र स्थायी बनाउनेतर्फ सरकार लागेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस