पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा


२२ असार २०७८, मंगलबार


मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी कुलेखानी-फाखेल सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाएर पनि कुलेखानी-काठमाडौँतर्फको यातायात सेवा पनि आजैबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

त्यस्तै पूर्वपश्चिम राजमार्गअन्र्तगत हेटौँडा नारायणगढ सडकखण्ड र त्रिभुवन राजपथको हेटौँडा–दामन हुँदै काठमाडौँतर्फको यातायात सेवा नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

यसैगरी वर्षातका कारण आएको पहिरोले अवरुद्ध कुलेखानी-सिस्नेरी र कान्तिराजपथमा पनि यथाशीघ्र यातायात सञ्चालन ल्याउन प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस