२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा कारवाही

अ+ अ-

महेन्द्रनगर । कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महीनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी शिकारी गर्ने क्रम रोकिएको छैन ।

कोरोना कहरकाबीच निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको सक्रियातामा यहाँ गत वैशाख र जेठ महीनामा मात्रै निकुञ्जमा घाँस, दाउरा र वन्यजन्तु चोरी शिकारीमा संलग्न एक हजार २७ जनालाई कारवाहीको दायरामा ल्याएको छ ।

निकुञ्जको चौतर्फीरुपमा सेनाको गुल्म तथा पोष्ट तैनाथ रहेको यहाँ वैशाखमा ३९६ जना र जेठ महीनामा ६३१ जना पक्राउ गरिएको गणले जनाएको छ । सेनाका अनुसार सोमध्ये छ जनालाई वनपैदावार र वन्यजन्तु चोरी, शिकारी मुद्दामा कारवाही अघि बढाइएको छ ।

सेनाले निकुञ्ज प्रशासनले बन्देज लगाएका क्रियाकलाप नियन्त्रणका लागि निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा नियमित गस्ती परिचालन गर्दै आएको छ । ‘धेरैजसो घाँस, दाउरा लुकिछिपी चोरी गर्ने पक्राउ परे’, सैनिक स्रोतले भन्यो, ‘घाँस, दाउरा चोरीमा संलग्नलाई निकुञ्ज प्रशासनले जरिवाना गरेर छाड्यो ।’

सेनाले निकुञ्जमा चोरी, शिकारी नियन्त्रण र वन्यजन्तुको सुरक्षार्थ यहाँ हरेक वर्ष ‘अप्रेशन महा–हण्ट’ सञ्चालन गर्दै आएको छ । यसपटक शुक्लाफाँटामा महाण्टको सातौँ संस्करण गत पुसदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको सेनाले जनाएको छ ।

गत वर्ष कोरोना कहरमा पनि सेनाले एक हजारभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको थियो । शुक्लाँफाटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले लकडाउन अवधिमा सेना र निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोली खटिएको बताए ।

‘ठाडो कारवाहीमा ५०० देखि एक हजारसम्म जरिवाना हुन्छ’, उनले भने, ‘वन्यजन्तु तस्करी र चोरी, शिकारीलगायतका ठूला घटनाका अभियुक्त अहिले पनि कारवाहीको दायरामै छन् ।’

विश्वमै दुलर्भ बाह्रसिङ्गाको झुण्ड रहेको शुक्लाफाँटामा १६ वटा पाटे बाघ, १७ वटा गैँडा, मृग, ४०० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान हो । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो (५५ वर्गकिलोमिटर) फैलिएको घाँसे मैदान पनि रहेको छ । लकडाउन अवधिमा निकुञ्ज भ्रमणमा समेत रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस