२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिपर अनियन्त्रित भई टहरोमा खस्दा च्यापिएर दुईको मृत्यु

अ+ अ-

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ मुलपानीमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

यहाँस्थित सडकबाट बा ५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई पल्टिएर अन्दाजी ५० मिटर तलको टहरोमाथि खस्दा उक्त दुर्घटना भएको हो । उक्त घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोट शिवपुरी गाउँपालिका–३ घर भएका ५३ वर्षीय साईँला तामाङ र श्रीमती ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

विभिन्न जिल्लामा आठ मृत फेला

प्रहरी प्रधान कार्यालयका अनुसार आज मुलुकका विभिन्न जिल्लामा आठ जना मृत फेला परेका छन् । केहीको सनाखत भएको र केहीको पहिचान खुल्न सकेको छैन । झापा, भद्रपुर नगरपालिका–९ मा ६५ वर्षीय धनसिंह राजवंशी सोही ठाउँस्थित माछा पोखरीमा डुबेरको अबस्थामा फेला परेका छन् । घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला थियो ।

यस्तै पर्सा, छिपहरमाई गाउँपालिका–३ सानो जयमङ्गलाका ५० वर्षीय किशोरी साह कानु आफ्नै घरको भूईँमा मृत फेला परेको प्रहरीले जनाएको छ । ईलाम, चुलाचुली गाउँपालिका–२ बस्ने ३१ वर्षीय दिनेश आचार्य घर नजिकै पानी जमेको खेतमा मृत फेला परेका छन् ।

अर्घाखाँची, मालारानी गाउँपालिका–४ खलारा बस्ने ८८ वर्षीय चन्द्रबहादुर खत्री सोही ठाउँस्थित सामुदायिक वनमा मृत भेटिएका छन् । पाँचथर, मिक्लाजुङ गाउँपालिका–५बस्ने ५० वर्षीय मिलन राई आफ्नै घरमा र तेह्रथुम, म्याङ्लुङ नगरपालिका–८ कोबेकस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका एक पुरुष मृत भेटिएका हुन् ।

यस्तै चितवन, रत्ननगर नगरपालिका–७ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष र भरतपुर महानगरपालिका–२ पुल्चोकस्थित सडक छेउमा पहिचान नखुलेकी एक महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । उता महोत्तरी, जलेश्वर नगरपालिका–९ प्रकौली नजिक नालामा अर्का एक पूरुष पनि मृत भेटिएका छन् । सबै घटनाका विषयमा सम्बन्धीत क्षेत्रका प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।