२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले एकताका लागि अनौपचारिक सहमति- ‘विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर हुनु जनहित विपरीत’

अ+ अ-

काठमाडौँ । आपसी एकतातर्फ अघि बढेको नेकपा (एमाले) को केन्द्रीय कमिटीको (हिजो) शुक्रबारको १३ औँ बैठकले आफ्ना पार्टीका कतिपय निवर्तमान सांसद्बाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर हुनु राष्ट्र र जनताका हितका समेत विपरीत भएको ठहर गरेको छ ।

‘आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो ।’ पारित प्रस्तावमा भनिएको छ, ‘यस्ता गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ, तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई आउँदो सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकबाट पारित प्रस्तावमा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह रहेको र यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति तथा यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ भएको उल्लेख गरिएको छ ।

नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति एमाले भएकाले यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिलाई रक्षा गर्न सकिने बैठकको ठहर छ ।

‘मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक-शुभचिन्तकलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ । स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्तालाई आह्वान गर्दछ ।’

बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दुवै पक्षका नेताको अनौचारिक वार्तामा यसबीचमा भएका विवादित राजनीतिक घटनामा मौन रहँदै आगामी एकता यात्रा तय गर्ने करीब सहमति भएको नेता माधवकुमार नेपाल पक्ष स्थायी कमिटी सदस्य भीम आचार्यले बताए ।

नेता नेपाल पक्षकै मागसमेतका आधारमा महाधिवेशन आयोजक कमिटीलाई पूर्ववत् केन्द्रीय कमिटीमा रुपानतरणपछि आयोजित आजको बैठकमा उपाध्यक्ष वामेदव गौतम सहभागी भएपनि कतिपय नेता अनुपस्थित भएका थिए । एमालेले २०७५ जेठ २ सम्म कायम केन्द्रीय सदस्य, माओवादी केन्द्रमा एकतापूर्व २०७५ जेठ ३ मा थप भएका र एकता प्रक्रियामा आएमा रामबहादुर थापासहित २० नेतासहित गरी २६१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको छ । नेता नेपाल पक्षले पहिला २०७५ जेठ २ मा कायम २०६ सदस्यीय केन्द्रीय कमिटीको बैठक डाक्नुपर्नेलगायत विषयमा सहमतिपछि बैठक राख्न माग गर्दै आएको छ ।

बैठकले यो वर्षको मनसुनको शुरुमै परेको भीषण वर्षाका कारण आएको बाढी–पहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पुर्‍याएकामा चिन्ता जाहेर गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गरेको छ ।

बैठकले भारतमा उपचारत पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको स्वास्थ्योपचारको जिम्मा लिएकामा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।

चीनको सफलतामा प्रशंसा
बैठकले पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक वधाइ ज्ञापन गर्दै सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको विश्लेषण गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय रहेको एमालेको ठहर छ ।

‘यो बैठक यी तमाम सफलता एवं उपलव्धिका लागि तथा सापेक्ष रुपमा समुन्नत समाजवादी मुलुक बनाउने पहिलो शताब्दी लक्ष्य हासिल गरेकोमा खुशी व्यक्त गर्दै हार्दिक बधाइ ज्ञापन गर्दछ । त्यसरी नै दोश्रो शताब्दी लक्ष्य हासिल गर्न र चिनियाँ राष्ट्रको पुनरोदयको चिनियाँ सपना साकार पार्न पूर्ण सफलता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछ ।’ पारित प्रस्तावमा भनिएको छ । एमालेको केन्द्रीय कमिटीको अर्को बैठक यही असार १९ गते शनिबार अपराह्न ३ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस