कार्तिक २६ र मंसिर ३ मा हुने निर्वाचनका लागि अर्थले दियाे ७ अर्ब ७२ करोड « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कार्तिक २६ र मंसिर ३ मा हुने निर्वाचनका लागि अर्थले दियाे ७ अर्ब ७२ करोड


१८ असार २०७८, शुक्रबार


काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखसम्म खर्च गर्न दिने भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।

२०७८ कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मंसिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त सहमति दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस