२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह सहभागी नहुने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।

तर एमालेको संस्थापन पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा वरिष्ट नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने भएको छ ।

खनाल–नेपाल पक्षीय नेताहरुको हिजो बसेको बैठकले ओली पक्षले बोलाएको बैठक नवौँ महाधिवेशनबाट तय भएको विधान र त्यसका नियमावली अवैध भएको निश्कर्ष निकालेको हो ।

पार्टी एकताका लागि खनाल–नेपाल पक्षले ओली पक्षलाई पार्टीको केन्द्रीय कमिटी तथा जनसंगठनलाई २ जेठ २०७५ अघिको अवस्थामा क्रियाशील तुल्याउन ६ बुँदे प्रस्ताव अघि सारेको थियो ।

तर अध्यक्ष ओलीले पार्टी विधान विपरित गठित दशौं महाधिवेशन आयोजक कमिटिको बैठक र त्यसका निर्णयले पार्टी एकता हासिल गर्न अवरोध पुर्‍याएकोले बैठकमा सहभागि नहुने निर्णय भएको नेता भिम रावलले बताए ।

पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउन उचित र औपचारिक सार्थक वार्ता तथा सहमतिको प्रक्रिया अवलम्बन गरिनुपर्ने खनाल–नेपाल पक्षको भनाइ छ ।

यसैबिच, एमालेका दोस्रो तहका नेताहरूको छलफलले तिव्रता पाएको छ । पार्टी एकता जोगाउन हिजो बिहान र साँझ दुई पटक नेताहरुबिच छलफल भएको थियो ।

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेताहरू विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा असन्तुष्ट पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य सहभागी थिए ।

हिजोको छलफलमा माधव पक्षका नेताहरूले आजका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक सार्न प्रस्ताव राखेका छन् ।

प्रतिक्रिया दिनुहोस