२४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२४ घण्टामा थप २७६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु


१७ असार २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार८ ५७ र ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । सोही अवधीमा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस