२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौँ महानगरपालिकाको आग्रह

अ+ अ-

काठमाडौँ । यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो । महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ ।

भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ । सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस