हवाई सेवा सञ्चालन हुने भएपछि विमानस्थल सुरक्षाका विषयमा छलफल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हवाई सेवा सञ्चालन हुने भएपछि विमानस्थल सुरक्षाका विषयमा छलफल


१६ असार २०७८, बुधबार


बझाङ । बिहीबारदेखि हवाई सेवा सञ्चालन हुने भएपछि बझाङको देवल विमानस्थलको सुरक्षाको विषयमा सरोकारवालासँग छलफल गरिएको छ ।

बिहीबारदेखि नियमित हवाई सेवा शुरु हुने भएपछि समिट एयरलाइन्स धनगढी-बझाङ सञ्चालक समितले आज सरोकारवालासँग सुरक्षा तथा विमानस्थलमा गर्नुपर्ने सुधारका विषयमा समेत छलफल भएको छ ।

सो अवसरमा देवल विमानस्थलका प्रमुख भानुभक्त आचार्यले सुरक्षामा केही सुधार भए मात्र हवाई सेवालाई निरन्तरता दिन सहज हुने बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले प्रहरीले मात्र विमानस्थलमा सुरक्षा दिन नसक्ने भएकाले स्थानीयवासीले पनि सहयोग गर्न जरुरी हुन्छ भने । एयरलाइन्सका सञ्चालक किशोर खड्काले भोलि बिहीबारदेखि धनगढी, बझाङ र नेपालगन्जमा नियमित उडान गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस