श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ


१५ असार २०७८, मंगलबार


बर्दिया । मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।

३८ वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेका अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रक्सी खानका लागि रु एक सय मागेका विषयमा विवाद हुँदा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका थारुको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको थियो ।

सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले अभियुक्तलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस