स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

स्याङ्जामा असार २५ सम्म निषेधाज्ञा


१५ असार २०७८, मंगलबार


स्याङ्जा । स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आज सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस