नेपाल खुला विश्वविद्यालयमा प्राध्यापकदेखि कर्मचारीसम्म दरखास्त माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल खुला विश्वविद्यालयमा प्राध्यापकदेखि कर्मचारीसम्म दरखास्त माग


१५ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाल खुला विश्वविद्यालय सेवा आयोगले स्थायी सेवामा पदपूर्ति गर्न प्राध्यापकदेखि कर्मचारीसम्म विभिन्न पदका लागि दरखास्त माग गरेको छ।

आज एक सूचना जारी गर्दै खुला विश्वविद्यालय कार्यकारी परिषदको वैशाख २४ को निर्णयअनुसार आन्तरिक र खुला प्रतियोगितामार्फत् प्राध्यापकदेखि कर्मचारीसम्म माग गरेको छ।

आन्तरिक शिक्षण सेवातर्फ प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा गरी कूल २२ जनाको माग भएको छ भने खुलातर्फबाट पदपूर्ति गर्नका लागि पनि २२ जनाको माग भएको छ ।

यस्तै प्रशासनतर्फ आन्तरिक प्रतियोगितामार्फत् पदपूर्ति गर्न शाखा अधिकृत, कार्यालय मुख्यसहायक, लेखा मुख्य सहायक, प्राविधिक मुख्य सहायक गरी कूल १० जनाको माग भएको छ। खुला प्रतियोगिताबाट शाखा अधिकृत, लेखा अधिकृतलगायत पदमा गरी कूल २० जनाको माग भएको सूचनामा उल्लेख छ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिन भनिएको छ।

प्राध्यापकका लागि फारम भर्न तीन हजार शुल्क लाग्छ। सहप्राध्यापकका लागि दुई हजार सात सय, उपप्राध्यापकका लागि दुई हजार चार सय, शाखा अधिकृतलाई दुई हजार, कार्यालय मुख्य सहायकलाई एक हजार दुई सय, कार्यालय सहायकलाई नौ सय र समावेशी शुल्कप्रति समावेशी तीन सय छ।

Tags :
प्रतिक्रिया दिनुहोस