प्रधानमन्त्री ओलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री ओलीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै


प्रशासन संवाददाता

१४ असार २०७८, सोमबार


बाग्मती । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ। जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए। उनका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्र्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकारले प्रतिष्ठानको स्थापना गरेको हो ।

विसं. २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बाग्मती प्रदेशको राजधानी हेटौडामा रहेको छ। एक स्वायत्त संस्थाको रुपमा रहेको प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजना हो।

कानूनीरुपमा प्रतिष्ठान स्थापना ऐन, २०७६ को साथै, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधा संवन्धि नियमावली, २०७७, आर्थिक प्रशासन नियमावली, २०७७, कर्मचारी सेवा, शर्त र सुविधासम्बन्धी नियमावली २०७७, अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७ र शिक्षक सेवा, शर्त र सुविधा सम्बन्धी नियमावली २०७७ जारी भई कार्यान्वयनमा आईसकेको छ ।

स्वास्थ्य बिमा कार्यक्रम मार्फत जनतालाई स्वास्थ्य सेवामा जोड्ने, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी तयार गर्ने, जनस्वास्थ्य कार्यक्रमलाई योजनावद्ध ढङ्गले जनताको घर दैलोमा पुर्याउने, आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापना गर्ने, अनुसन्धानको कार्यलाई व्यवस्थित गर्दै अनुसन्धानको क्षेत्र फराकिलो बनाउने जस्ता नीतिहरुलाई लिएर प्रतिष्ठान अगाडि बढिरहेको रजिष्ट्रार प्रसाईँले बताए।

उनका अनुसार प्रतिष्ठान स्थापना भएको करिब दुईसय ९८ दिनमै प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन, नियमावलीहरु, पूर्वाधारहरु तयार गर्न आवश्यक जमीनको बन्दोवस्त, अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन, तोकिएको सबै मापदण्ड पूरा गरी यसै शैक्षिक सत्रवाट तीनवटा स्नातक तहका विषयका बिपिएच, बि.फार्मेसी र वि।एम।एल।टीको कक्षा सञ्चालनको लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति तथा सीट संख्या समेत निर्धारण भई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जस्ता अवसरहरु यो प्रतिष्ठानलाई प्राप्त भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस