प्रधानसेनापति थापाद्धारा सहायक रथी राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानसेनापति थापाद्धारा सहायक रथी राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान


११ असार २०७८, शुक्रबार


काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायक रथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका राणालाई प्रधानसेनापति थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष कार्यक्रममा पाइलट उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

उपरथी राणालाई सैनिक हवाई महानिर्देशनालयका महानिर्देशकमा पदस्थापन गरिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस