मोटरसाईकलबाट खसेर एक युवकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोटरसाईकलबाट खसेर एक युवकको मृत्यु


११ असार २०७८, शुक्रबार


पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्युभएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् ।

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग२०प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोकिँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी र्दि ।

Tags :
प्रतिक्रिया दिनुहोस