जीवन विकास लघुवित्तको आईपीओ बिक्रि खुल्ला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जीवन विकास लघुवित्तको आईपीओ बिक्रि खुल्ला


११ असार २०७८, शुक्रबार


काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) शुक्रबारदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। र, बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा असार ११ गतेदेखि छिटोमा असार १५ गतेसम्म र ढिलोमा असार २५ गते आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यदि, सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा असार २५ गतेसम्म सेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस