टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु


११ असार २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा टिपरको ठक्करले एक जना साइकल यात्रीको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ६ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिपरले ठक्कर दिँदा २६ वर्षीय खुर्बु छिरिङ भोटे गम्भीर घाइते भएका थिए। संखुवासभा घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्दै आएका साइकल यात्री खर्बुलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा लगिएको थियो।

उपचारकै क्रममा साढे ६ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले बताए । प्रहरीले रामेछाप घर भई गोकर्णेश्वरको आरूबारी बस्ने ३२ वर्षीय चालक प्रदीप विकलाई नियन्त्रणमा लिएको छ। उकालो बाटोतर्फ गइरहेको टिपरले ओरालो झरिरहेको साइकल यात्रीलाई ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस