आयोगको छविलाई थप उचाइमा पुर्‍याउने अध्यक्ष रेग्मीको प्रतिबद्धता, बाँकी काम सक्न १०० दिने कार्य योजना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आयोगको छविलाई थप उचाइमा पुर्‍याउने अध्यक्ष रेग्मीको प्रतिबद्धता, बाँकी काम सक्न १०० दिने कार्य योजना


११ असार २०७८, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको मूल मान्यता योग्यता, स्वच्छता र निष्पक्षताको मूल मर्मबमोजिम आयोगको छविलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार आयोगको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष रेग्मीले सो कुरा भनेका भनेका हुन् ।

आयोगको मूल मर्म, योग्यता, स्वच्छताको कडीमा खरो रूपमा उत्रिन र टिमवर्कको रूपमा काम गर्न निर्देशन दिएका अध्यक्ष रेग्मीले आयोगका बाँकी कार्यहरू समयमा नै सम्पन्न गर्ने गरी सय दिनको कार्य योजना बनाई काम गर्नसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।

पदभार ग्रहण पछि बसेको आयोगको बैठकले पदाधिकारी नियुक्त गर्ने राष्ट्रपति र नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्लाई धन्यवाद दिएको छ ।

सम्बन्धित समाचार : लोक सेवालगायत ११ संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त हुँदै

सम्बन्धित समाचार : लोक सेवा,अख्तियार लगायतका संवैधानिक निकायमा राष्ट्रपति भण्डारीद्धारा २० पदाधिकारी नियुक्त

Tags :
प्रतिक्रिया दिनुहोस