प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालतमा रिट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालतमा रिट


१० असार २०७८, बिहिबार


जनकपुरधाम । प्रदेश २ सरकार समावेशी नभएको भन्दै उच्च अदालत जनकपुरमा रिट परेको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नवनियुक्त तीन मन्त्रीलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

अधिवक्ता राजकुमार महासेठले वारेशमार्फत पठाएको रिट अमितकुमार पण्डितले आज दायर गरेका हुन् । उनले जेठ २६ गते नियुक्त भएका ३ जना मन्त्रीलाई कामकाज गर्न रोक लगाउन पनि अन्तरिम आदेश माग गरेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’बाट गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी सिद्धान्तको आधारमा नभएको जिकिर रिटमा गरिएको छ । विस्तार भएको मन्त्रिपरिषद्मा गैरमधेसी मूलरसमुदायका सदस्य, दलित समुदायको सदस्य, थारु समुदायको सदस्य र अन्य अल्पसंख्यक सदस्य समेत नरहेको र महिला सदस्यलाई नामको लागि एउटा राज्यमन्त्रीको रुपमा समावेशी गर्दा पनि निती निर्माणको हैसियतमा नराखिएको रिटमा उल्लेख छ ।

मुख्यमन्त्री राउतले जेठ २६ मा भौतिक पूर्वाधार विकास मन्त्रीमा रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्रीमा ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा वीरेन्द्र सिंहलाई नियुक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस