उपसचिव प्रश्नोत्तर आजदेखि बजारमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपसचिव प्रश्नोत्तर आजदेखि बजारमा


९ असार २०७८, बुधबार


काठमाडौँ । २०७६ सालमा लोक सेवा आयोग प्रशासन सेवा अन्तर्गत(सामान्य प्रशासन, लेखा र राजस्व समूह) राजपत्राङ्कित द्वितीय श्रेणीको उपसचिव पदमा लिएको आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नहरूको समाधानसहितको प्रश्नोत्तर बजारमा आएको छ ।

लोक सेवा आयोगले लिएको उक्त परीक्षामा सफल भएका तीन जना उम्मेदवारहरू भुवन पाण्डे, दशरथराम ओड र विष्णुहरि बरालद्वारा लेखिएको उक्त पुस्तक विकल्प बुक्स एन्ड स्टेशनरी, रामशाहपथलगायत काठमाडौँ स्थित विभिन्न पुस्तक पसलहरूमा आजदेखि उपलब्ध छ ।

उपसचिवको परीक्षामा सफलता हासिल गर्ने सन्दर्भमा सम्झनाको आधारमा लेखिएकै विषयवस्तु, ढाँचा, शैली, मात्रा, तथ्य, तथ्याङ्क र उदाहरणहरू सहित प्रस्तुत गरी तयार गरिएको उक्त पुस्तक विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्न कोशेढुङ्गा साबित हुने लेखकहरूको विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस