दाङको सिडिओमा कुरुम्बाङ, सप्तरीमा आचार्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दाङको सिडिओमा कुरुम्बाङ, सप्तरीमा आचार्य


८ असार २०७८, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ भने सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण आचार्यलाई पठाइएको छ ।

सप्तरीका प्रजिअ फणीन्द्रमणि पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा पठाइएको छ । विभागका महानिर्देशक द्रोण पोखरेल अनिवार्य अवकाश भएपछि सो ठाउँ रिक्त रहेको थियो ।

प्रशासनिक हिसाबले महत्त्वपूर्ण मानिने सप्तरी र दाङ पठाइएका दुवै प्रजिअ निजामती प्रशासनका काबिल कर्मचारी हुन् । दुवै जनासँग यसअघि जिल्लाको प्रशासनिक प्रमुखको अनुभव छ । आचार्य यसअघि नै दाङको प्रजिअ भईसकेका छन् ।

दाङको जिम्मेवारी दिइएका कुरुम्बाङ गृह प्रशासनका चर्चित सिडिओ हुन् । ताप्लेजुङ, म्याग्दी, सोलुखुम्बु, अछाम, प्युठान, बर्दिया, स्याङ्जा, बाँके हुँदै अहिले दाङको जिल्ला प्रशासन प्रमुख भएका कुरुम्बाङ अछाम, बाँके, बर्दिया हुँदा स्थानीयको मन जित्न सफल भई निकै चर्चा कमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस