पौडी खेल्ने क्रममा ड्याममा डुबेर एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पौडी खेल्ने क्रममा ड्याममा डुबेर एक जनाको मृत्यु


८ असार २०७८, मंगलबार


ढल

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै डुम्रेखोलाका ड्याममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसुधन सिंहले डुम्रेखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोज तलासका क्रममा आज शव भेटिएको जानकारी दिए । मृतक ट्रकका सहचालक रहेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस