निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय बढी सवारी साधन नियन्त्रणमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय बढी सवारी साधन नियन्त्रणमा


७ असार २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ४ सय ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३२ वटा गाडी र २ हजार ३ सय ७७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरु लाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ७ सय ४३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५७ हजार ९ सय ९१ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९१ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ४४ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ६ सय २६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस